
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा र 'ए' डिभिजनका १४ क्लबले यो वर्ष पनि सहिद स्मारक 'ए' डिभिजन लिग आयोजना नगर्ने निर्णय गरेपछि खेलाडीहरूले आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
तीन वर्षसम्म घरेलु लिग गराउन नसकेको एन्फालाई क्लबहरूले समेत साथ दिएपछि नेपाली फुटबल झनै गम्भीर संकटमा धकेलिएको छ । यसले फुटबल स्वार्थको चंगुलमा रहेको प्रष्ट भएको छ । काठमाडौंमा फुटबलका प्रतियोगिता हुँदा मध्यपुर युथ एसोसिएसन क्लबको यो मैदानअभ्यासग र्ने प्रमुख थलो थियो । तर, साढे दुई वर्षदेखि शीर्ष डिभिजनको फुटबलनहुँदा यो मैदानऔचित्यहीन बनेको छ।
यत्रो समय लिग नहुँदा खेलाडीको अवस्थाकस्तो छ ? यस प्रति एन्फा न जिम्मेवार छ, न क्लबहरू नै । विश्वको फुटबल लिगमा आधारित छ। फुटबलले चर्चा कमाउनुको कारण घरेलु लिगबलियो भएरै हो । सैद्धान्तिक रुपमा त 'ए', 'बि' र 'सी' डिभिजन भएको नेपाली फुटबल पिरामिडमा समृद्ध छ।
'सी' डिभिजनमाछनोट हुनका लागि पनि क्वालिफायर खेल्नुपर्छ, जसमा देशभरका ७० भन्दा बढी क्लबले सहभागिता जनाउने गरेका उदाहरण छन्। तीन डिभिजनमा गरी ४२ क्लबका १२ सयभन्दा धेरै खेलाडी फुटबलमा आश्रीत छन्। तर यो कुरा न एन्फा बुझ्न चाहन्छ न फुटबल आफैंले धानेका छौं भनेर धाक लगाउने क्लबहरूले नै।
२ वर्षसम्म बीडि भिजनलिगगर्न नसकेपछि 'ए' डिभिजन लिग पनि समयमा आयोजना भएन। त्यसमाथि यो वर्षपनि 'ए' डिभिजन लिग नभए सहिद स्मारक लिगको चक्रमा नै ठूलो असर पर्छ । फुटबलको यतिठूलो महत्वलाई बेवास्ता गर्दै 'ए' डिभिजन लिग गर्न पन्छिएको एन्फाले राष्ट्रिय लिग गर्ने प्रस्ताव गरेको छ । तर राष्ट्रियलिगमा 'ए' डिभिजनका ८ क्लबले खेल्नै पाउँदैनन्।
अचम्म त के छ भने 'ए' डिभिजन लिग नै गर्नुपर्छ भनेर लागिपरेका क्लबसमेत यो निर्णयमा सहमत भएका छन्। क्लबको यो रबैया हेर्दा उनीहरू पनि फुटबल खेल्न चाहादैनन भन्ने प्रष्ट भएको छ। झन्डै तीनवर्षसम्म घरेलु लिग नहुँदा एन्फाले लिग गराउन अहिलेसम्म पनि कुनै पहल गरेको छैन ।
लिगको मितिमात्रै तोक्ने तर प्रकृया नै अघि नबढाउने एन्फा कार्य सैलीले खेलाडी वर्षौदेखि आजित छन्। भर्खरै खेलकुद मन्त्रालयले फुटबलको लिग र यसको संरचनाकस्तो हुनुपर्छ भन्ने सुझावसहितको प्रतिवेदन बनाउनका लागि एन्फाका सीईओसमेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरको अध्यक्षतामा समितिबनाएको छ। तर त्यो समितिको सुझावन आइकनै कात्तिक १८ गते क्लब र एन्फाले बैठक गरेर आगामी वर्षको फुटबलको तालिका सार्वजनिक गरेको छ।
यस्तो कार्यसैलीले नेपाली फुटबलका नेतृत्वकर्ताको गैरजिम्मेवार प्रवृत्तिलाई झनै छर्लंग पारिदिएको छ । त्यसमाथि एन्फाकै कर्मचारी तुलाधरले तयार पारेको प्रतिवेदनले नेपाली फुटबललाई सही दिसा देखाउन सक्छ त भन्ने प्रश्न पनि खडा भएको छ।
यो वर्ष एन्फाले एन्फा प्रेसिडेन्टलिगआयोजना गरेर त्यहाँबाट चार क्लब र 'ए' डिभिजनका ६ क्लब मिलाएर १० क्लब सहभागी हुने राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको छ । यसबाट नयाँ प्रतियोगिता त थपिएको छ तर घरेलु लिग नहुँदा फुटबलको चक्रमै गम्भीर असर गरेको छ। यस्तोमा दुवै प्रतियोगिता हुनु नै अहिलेको आवश्यकता हो। तर एन्फाले सही र दीर्घकालीन निर्णय गर्न नसक्दा नेपाली फुटबल झन्-झन् कमजोर बन्दैछ ।