टफटकमा भिक्षु अवधेश : हरेक मानिस बुद्ध बन्ने बाटोमा छ (अन्तर्वार्ता)

माघ २५, २०७९
टफटकमा भिक्षु अवधेश : हरेक मानिस बुद्ध बन्ने बाटोमा छ (अन्तर्वार्ता)

गौतम बुद्धको जन्मस्थल लुम्बिनी । साँझको समय । मायादेवी मन्दिर परिसरमा बसेर भिक्षु अवधेशकुमार त्रिपाठीसँग अध्यात्मिक कुराकानीमा डुबुल्की मार्दा एकैछिन भए पनि बुद्ध भएजस्तो अनुभूति हुन्छ ।

लुम्बिनी विकास कोषको ४६ वर्ष पुरानो गुरुयोजनाको कामलाई पूर्णता दिने प्रयास भइरहेको बताएका त्रिपाठीले सरकारले बजेटलाई निरन्तरता दिए तीन वर्षभित्रै सबै काम पूरा हुने जानकारी दिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहेका भिक्षु अवधेशकुमार त्रिपाठीसँग कान्तिपुर टेलिभिजनले धर्म, दर्शन र अध्यात्मका साथै लुम्बिनी क्षेत्रको समग्र विकासको अवस्थाका विषयमा पनि जिज्ञासा राखेको छ ।

मायादेवी मन्दिर परिसरमा छायाङ्‍कन गरिएको कार्यक्रम टफ टकको विशेष शृङ्खलामा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले भिक्षु त्रिपाठीसँग गरेको कुराकानीको र्यापिड फायरको अंश यहाँ प्रस्तुत गरिएको छ । पूरा अन्तर्वार्ताका लागि माथिको भिडियोमा क्लिक गर्न सक्नुहुनेछ ।

ज्ञानको परिभाषा के ?

सहानुभूत । आफूले आफैंलाई चिन्न सक्नु नै ज्ञान हो वास्तवमा ।

शान्तिका लागि : सम्पत्ति कि सन्तुष्टि ? कि ज्ञान ?

सम्पत्ति फरक-फरक परिभाषित हुन्छन् । ज्ञान, आचरण अरू पनि सम्पत्ति मानिन्छन् । तर, यी सबैको संयोजन हुनुपर्छ । गरिब मनले मानिस शान्त हुन सक्दैन । बुद्ध हामी धन भन्छौं । किनभने, रत्न भनिन्छ । ‘हि इज सो वेल्थ इनसाइड’ । यसको समग्रता, समन्वयले मानिसको जीवनमा बुद्धत्व ल्याउँछ ।

धर्म के हो : आस्था कि विश्वास ?

धर्म मानिसले सत्यको अन्वेषण गर्ने एउटा मार्ग हो । त्यो बाहेक धर्म अरु केही होइन ।

महत्वपूर्ण के : बुद्ध कि बुद्धत्व ?

बुद्धत्व ।

एक शब्दमा मानिस के हो ?

हरेक मानिस बुद्ध बन्ने बाटोमा छ ।

मूर्ति पूजा कि साधना ?

साधना ।

अध्यात्म कि धर्म ?

अध्यात्म ।

बुद्ध अथवा बौद्ध ज्ञान, विचार वा धर्म नै हो ?

चेतना हो । एउटा ‘कन्सियस माइन्ड’ हो ।

लुम्बिनी : आध्यात्मिक थलो कि पर्यटकीय गन्तव्य ?

विश्व शान्तिको मुहान ।

लुम्बिनी : सर्किट कि मायादेवी मन्दिरको चौघेरा ?

यो बुद्ध क्षेत्र । भगवान् बुद्धको जीवन, बसाइ र अन्तर्यमा यात्राको समाप्ति ।

लुम्बिनी : स्मार्ट सिटी कि पिस सिटी

पिस सिटी । 


Enter Kantipur TV HD
Advertisement