वैशाख महिनामा कान्तिपुरमा प्रसारित हेर्नैपर्ने १० समाचार

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैशाख महिनामा कान्तिपुरमा प्रसारित हेर्नैपर्ने १० समाचार

कान्तिपुर टेलिभिजनले हरेक महिना प्रसारण/प्रकाशन भएका रिपोर्टहरूमध्ये हेर्नैपर्ने १० रिपोर्ट छनोट गरी दर्शक/पाठकका लागि पुनः प्रस्तुत गर्ने गरेको छ । गत वैशाख महिनामा प्रकाशित/प्रसारित १० छुटाउन नहुने रिपोर्ट यस प्रकार छन् :

१. शिक्षक आन्दोलन : सरकार र शिक्षकको अडानले चेपुवामा विद्यार्थी

२९ दिन लामो आन्दोलनपछि सरकारले पेशागत हकहित र वृत्ति विकासका माग सम्बोधन गर्ने भएपछि शिक्षकहरू विद्यालय फर्किएका त थिए तर विद्यार्थी र अभिभावकले भने झन्डै एक महिनासम्म मानसिक तनाव झेल्नुपरेको थियो । कक्षा १२ को परीक्षा त प्रभावित नै भयो भने बालबालिकाको शिक्षण सिकाइमा पनि गम्भीर असर पर्यो । यो लगायत समग्र शिक्षक आन्दोलनको सेरोफेरोमा पत्रकार नारायण किलम्बूले गत वैशाख महिनाभर शिक्षक आन्दोलनबारे गर्नुभएको रिपोर्टिङ हाम्रो हेर्नैपर्ने समाचारमा परेको छ ।

सम्बन्धित समाचार :

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

शिक्षकका माग सम्बोधन गर्नुको साटो आन्दोलन दबाउने ध्याउन्नमा सरकार !

शिक्षकसँगको सहमित पालना गर्न सरकारलाई ८ अर्बभन्दा बढी आर्थिक भार, कसरी होला बजेट व्यवस्थापन ?

विद्यालय शिक्षाको सुधारका लागि दीर्घकालीन मार्गचित्र तयार गरी पुनःसंरचना गरिने

२. पोखरा विमानस्थल निर्माणमा अनियमितता : तत्कालीन अर्थ र पर्यटनमन्त्रीहरूमाथि छानबिन गर्न सिफारिस

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा नीतिगत र प्रकियागत निर्णयमा संलग्नमाथि समेत छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ८ जनाले १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको तथा तत्कालीन अर्थ र पर्यटनमन्त्रीको पनि संलग्नता रहेको उपसमितिका सांसदहरूको दाबीबारे कान्तिपुरकर्मी अञ्जना लामिछानेले गरेको रिपोर्टिङ गत महिनाको हेर्नैपर्ने समाचारमा समावेश छ ।

३. भैरहवा विमानस्थल निर्माणमा झन्डै दोब्बर जग्गा अधिग्रहण गरिएको संसदीय उपसमितिको ठहर

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आवश्यकभन्दा झन्डै दोब्बर जग्गा अधिग्रहण भएको निष्कर्ष निकालेको थियो । उक्त प्रकरणबारे अञ्जना लामिछानेकै रिपोर्ट हामीले हेर्नेपर्ने समाचारमा राखेका छौं ।

४. स्वास्थ्य उपकरण खरिदमा संघ, प्रदेशदेखि स्थानीय तहसम्मै अनियमिताको चाङ

स्वास्थ्य सामग्री खरिदका लागि आफूले चाहेको कम्पनीलाई मिल्ने गरी मापदण्ड तयार पार्ने प्रवृत्ति केन्द्रदेखि स्थानीय तहसम्मै छ । यस बाहेक कतिपयले जनशक्ति नहुँदा समेत उपकरण खरिद गर्ने गर्छन् । यो बेथितिबारे कान्तिपुर टेलिभिजनका पत्रकार कृपाल गौतमले गर्नुभएको रिपोर्टिङ हाम्रो हेर्नैपर्ने समाचार हो ।

५. दाताको सहयोग कटौतीले खोप, सुरक्षित मातृत्व र परिवार नियोजनसहितका स्वास्थ्य सेवा प्रभावित

अन्तर्राष्ट्रिय दातृ निकायले स्वास्थ्य क्षेत्रको सहयोग कटौती गरे नेपालमा खोप, सुरक्षित मातृत्व, परिवार नियोजन जस्ता आधारभूत सेवा प्रभावित भएको र मुटु, मिर्गौला, क्यान्सर, जलन जस्ता विशिष्टिकृत सेवा समेत अवरुद्ध हुने जोखिम बढेकोबारे कृपाल गौतमकै रिपोर्ट गत महिनाको अर्को हेर्नैपर्ने समाचार हो ।

६. धनकुटामा पानीका मुहान संरक्षण गर्न पोखरी र सीमसार पुनर्भरण अभियान

७. झिमरुक नदीबाट राति राति गिट्टी बालुवाको अवैध उत्खनन

प्युठानको झिमरुक नदीबाट रातको समयमा मेसिनको प्रयोग गरी अवैध तवरले गिट्टी बालुवाको उत्खनन हुने गरेको छ । स्थानीय तह, प्रहरी प्रशासनको मिलेमतोमा क्रसर व्यवसायीले रातभर ठूला मेसिन प्रयोग गरेर गिट्टी बालुवाको दोहन गर्ने गरेको भेटिएको हो ।

८. सिरहामा यौन दुर्व्यवहारको घटनामा प्रहरीकै भूमिका शंकास्पद, पीडित महिला मृत फेला

सम्बन्धित समाचार : 

आनन्दी सदाय प्रकरण : असुरक्षित महसुस गर्दै संलग्नमाथि जाहेरी दिन तयार भएनन् पीडित परिवार

आनन्दी सदाय मृत्यु प्रकरण : जाहेरी बदर गरी प्रहरीले घटना मिलाउने प्रयास गरेको खुलासा

आनन्दी सदाय मृत्यु प्रकरणमा मधेश प्रदेश प्रहरीले सुरु गर्‍यो छानबिन

९. तीन पुस्तादेखि बसोवास गरे पनि नेटुवा समुदाय नागरिकताको अधिकारबाट वञ्चित, जन्मदर्ता नहुँदा पढ्न पनि पाएनन्

१०. कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गर्न आर्थिक चलखेल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.