आनन्दी सदाय मृत्यु प्रकरणमा मधेश प्रदेश प्रहरीले सुरु गर्‍यो छानबिन

वैशाख ७, २०८२ |विनय आजाद
आनन्दी सदाय मृत्यु प्रकरणमा मधेश प्रदेश प्रहरीले सुरु गर्‍यो छानबिन

सिरहा । यौन दुर्व्यवहारको घटनामा न्याय नपाएपछि आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी नवराजपुर गाउँपालिका-३ जगतपुर दोनवारी टोलकी आनन्दी सदायको मृत्यु प्रकरणको मधेश प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका एसएसपी शान्तिराज कोइराला नेतृत्वको छानबिन टोलीले आइतबारदेखि घटनाको अनुसन्धान थालेको हो । कोइराला नेतृत्वको टोली आइतबार पीडितको घर गएर परिवारसँग सोधपुछ गरेको छ ।

यस्तै, यो घटनामा प्रहरीले बदमासी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रहरी कर्मचारीसँग पनि सोधपुछ भइरहेको कोइरालाले जानकारी दिनुभयो ।

२४ वर्षीया सदाय गत मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुस ९ मा उनीमाथि गाउँकै दुइ जना युवाले जबरजस्ती करणीको प्रयास गरेका थिए ।

घटना भएकै दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो ।

यो पनि...

आनन्दी सदाय मृत्यु प्रकरण : जाहेरी बदर गरी प्रहरीले घटना मिलाउने प्रयास गरेको खुलासा

आनन्दी सदाय प्रकरण : असुरक्षित महसुस गर्दै संलग्नमाथि जाहेरी दिन तयार भएनन् पीडित परिवार

आनन्दी सदायको यौन दुर्व्यवहार र मृत्यु घटनाको सूक्ष्म छानबिन गर्न गृहमन्त्रीको निर्देशन

आनन्दी सदाय घटना : एसएसपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।