रसुवागढी नाकामा साढे ७ किलो सुनसहित एक जना पक्राउ

जेष्ठ ४, २०८२ |बलराम घिमिरे
रसुवागढी नाकामा साढे ७ किलो सुनसहित एक जना पक्राउ

रसुवा । रसुवागढी नाकाबाट साढे ७ केजी अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । केरुङबाट रसुवागढीनाका हुँदै काठमाडौंतर्फ आउँदै  गरेको कन्टेनरबाट साढे ७ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे हाे ।

स्याउको गाडीमा फल्स बटम बनाई लुकाएर सुन ल्याइएको भन्ने सुराकीका आधारमा खोजी गर्दा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । 

शाहीका अनुसार साढे ७ किलो सुनसहित बा४ख ६२०१ नम्बरकाे स्याउ लाेड भएकाे कन्टेनरका चालक गोसाँइकुण्ड गाउँपालिका-५ का काकिशोर भुजेललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ । 

सुन धनी को हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाही जानकारी दिनुभयो ।


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।