कैलाश सिरोहिया पक्राउको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन (तस्बिरसहित)

जेष्ठ ९, २०८१ |विनय आजाद
कैलाश सिरोहिया पक्राउको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन (तस्बिरसहित)

सिरहा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुतला दहन भएको छ ।

सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज मिर्चैयाले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेको हो । सरकारको कदमलाई अलोकतान्त्रिक भन्दै उनीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गर्दै प्रदर्शन पनि गरे ।

अध्यक्ष सिरोहिया पक्राउलाई उनीहरुले प्रतिशोधपूर्ण र मिडियामाथि अंकुश लगाउने दुष्प्रयास भनेका छन् । कान्तिपुर लोकतन्त्रको खम्बा भएको भन्दै कान्तिपुरको पक्षमा देश उभिएको उनीहरुको भनाइ छ ।

अध्यक्ष सिरोहियालाई तत्काल रिहा गर्न, प्रधानमन्त्री र गृहमन्त्रीलाई राजीनामा दिन, सहकारी ठगी प्रकरण, गृहमन्त्रीको दोहोरो पासपोर्ट प्रकरणको छानबिन गर्न उनीहरुले माग गरे ।

यो पनि...

कैलाश सिरोहिया निर्दोष हुनुहुन्छ : प्रधानमन्त्री दाहाल

मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो

कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार

अध्यक्ष सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्याइयो

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारीको विरोधमा थापाथलीमा नाराबाजी, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरसहित)

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा

कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण

कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement