काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
कांग्रेस नेता खाण चाबहिल, मैजुबहालस्थित निवासबाट बुधबार बिहान पक्राउ परेका हुन् । उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
गृहमन्त्रीको सचिवालयले कान्तिपुर टेलिभिजनसँग भन्यो, ‘खाण र उनका पीएलाई चाबहिल, मैजुबहालस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको छ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाण पक्राउ परेका हुन् ।
यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपसमेत पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री खाणले शरणार्थी प्रकरणमा मानिसहरु अमेरिका पठाउन मन्त्रीस्तरबाट निर्णय गरेर ताकेता गरेको प्रमाणसमेत यसअघि नै सार्वजनिक भइसकेको छ ।
गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा इन्द्रजित राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राऊ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा दोषी देखिएपछि पूर्वगृहमन्त्री खाण समातिएका हुन् ।
खाणकी पत्नी मञ्जु खाण र कांग्रेस नेतृ आरजू राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवादसमेत यसअघि सार्वजनिक भएको थियो ।
मंगलबार मात्रै प्रहरीले रकम असुलीको आरोपमा गोविन्द चौधरी र रामशरण केसीलाई पक्राउ गरेको थियो। पक्राउ परेका केसी काठमाडौंका र चौधरी भने सुनसरीका भएको बुझिए पनि उनीहरूको औपचारिक विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन ।
यस्तै, प्रहरीले मंगलबारै सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा छापा मारेको थियो । रायमाझी अझै फरार छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उक्त घटनामा हालसम्म एक सय ६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।
थप समाचार...
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत
नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ
नेपालीलाई शरणार्थी बनाएको अभियोगमा बहालवाला सचिव पक्राउ, अनुसन्धान एमालेका दुई पदाधिकारीतर्फ सोझियो
नक्कली भुटानी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ
नक्कली भुटानी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ
कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता
नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?
नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान
नक्कली भुटानी शरणार्थी बनाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
प्रतिनिधिसभा बैठक : नागरिकता संशोधनदेखि नक्कली भुटानी शरणार्थीसम्मका प्रश्न