टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी

काठमाडौं । पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आइपुगेका छन् ।

भैरहवा विमानस्थलबाट बुधबार काठमाडौं आउन नसकेका उनी साँझ सडकमार्ग हुँदै काठमाडौं आइपुगेका हुन् । उनी हाल काठमाडौंमै भएको उनको सचिवालयले जनाएको छ ।

बुधबार दिनभर उनी सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा व्यस्त थिए । सभामुख घिमिरेसँगै विमानमार्फत काठमाडौं आउन लागेका उनले अन्तिम समयमा टिकट क्यान्सिल गरेका थिए ।

काठमाडौं आइपुग्ने बित्तिकै पक्राउ पर्ने जानकारी पाएपछि उनी सडकमार्गबाट काठमाडौैं हिँडेका थिए ।

रायमाझी प्रहरीको उच्च निगरानीमा छन् । उनको छोरा सन्दीप भने बुधबारै बुटवलबाट पक्राउ परिसकेका छन् ।

उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा आज पेस गरिँदै छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्वमन्त्री रायमाझी र उनको छोरा सन्दीपको नाम मुछिएको छ ।

यो प्रकरणमा संलग्न रहेको आरोपमा बुधबारै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ८ जना पक्राउ परिसकेका छन् ।  

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.