नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ

वैशाख २०, २०८० |रमेश धमला
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । टोपबहादुरविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । टोपबहादुर भने पक्राउ परेका छैनन् ।

यसैबीच आजै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । पाण्डेकै प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पाण्डे तत्कालीन गृहसचिव हुन् । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

यसअघि, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

थप समाचार...

नेपालीलाई शरणार्थी बनाएको अभियोगमा बहालवाला सचिव पक्राउ, अनुसन्धान एमालेका दुई पदाधिकारीतर्फ सोझियो
नक्कली भुटानी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ
नक्कली भुटानी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ
कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता
नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?
नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान
नक्कली भुटानी शरणार्थी बनाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
प्रतिनिधिसभा बैठक : नागरिकता संशोधनदेखि नक्कली भुटानी शरणार्थीसम्मका प्रश्न


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।