प्रतिनिधिसभा बैठक : नागरिकता संशोधनदेखि नक्कली भुटानी शरणार्थीसम्मका प्रश्न

वैशाख १३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठक : नागरिकता संशोधनदेखि नक्कली भुटानी शरणार्थीसम्मका प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नागरिकता ऐन संशोधन विधेयकदेखि नक्कली भुटानी शरणार्थी र मिटरब्याजीपीडितका विषयमा समेत सरकारसँग प्रश्न उठाएका छन् ।

सांसदहरुले मिटर ब्याजीपीडितका समस्या समाधान गर्नुपर्नेका सरकारले दमन गरेको आरोप लगाए । त्यसैगरी नागरिकतासम्बन्धी विधेयक संसदमा पेस गर्न ढिलाइ भएको र नक्कली भुटानी शरणार्थी बनाउने खेलमा संलग्नको कारबाहीमा सरकार उदासीन देखिएको भन्दै प्रश्न उठाए ।

सां‌सदहरुले उठाएका प्रश्नमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ जवाफ दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक छिटै सदनमा पेस गर्ने तयारी भइरहेको जानकारी दिए ।

उप्रधानमन्त्री श्रेष्ठले नागरिकता संवेदनशील विषय भएकाले यसलार्इ राष्ट्रिय सहमतिमा अगाडि बढाउनु उपयुक्त हुने जनाए । उनले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्नहरुलाई छुट नहुने स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले झापा तथा इलामका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको अवरोधलाई सरकारले गम्भीर रुपमा लिएको बताए । उनले काठमाडौंको सरस्वती नगरमा भएको नीरा पाण्डे हत्या प्रकरणको गम्भीरतापूर्वक अनुसन्धान भएको र छिट्टै सत्यतथ्य बाहिर ल्याउने जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement