टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नेपाली नागरीकलाई भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।

तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका रायमाझी प्रहरीको खोजीको सूचीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

एक कार्यक्रममा सहभागी हुन सभामुख घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका सांसद रायमाझी बुधबार साँझ हवाइजहाजमार्फत काठमाडौं आउन लागेका थिए । तर अन्तिम समयमा टिकट रद्द गरेर उनी सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए ।

यसबीचमा प्रहरीले उनलाई उच्च निगरानीमा राखेको थियो । त्यस्तै पक्राउ परेका रायमाझीका छोरा सन्दीपलाई भने काठमाडौं ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको थियो । 

नक्कली शरणार्थीको सूची बनाएर एक जनाबाट १० देखि ५० लाख रुपैयाँसम्म असुल्ने गिरोहमा राजनीतिक र प्रशासनिक क्षेत्रको नेतृत्व तानिँदै गएको छ ।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन् ।

सम्बन्धित समाचार...

एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्

टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.