नक्कली भुटानी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

वैशाख २०, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

काठमाडौंको जडीबुटीबाट उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गृह मन्त्रालयमा कार्यरत रहँदा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने प्रकरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । 

पाण्डेले २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह सचिवको जिम्मेवारी सम्हालेका थिए ।

पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको थियो । 

यसअघि, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

थप समाचारहरू :

नक्कली भुटानी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार पक्राउ

कान्तिपुरको सनसनी खुलासा : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता

नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?

नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान

नक्कली भुटानी शरणार्थी बनाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

प्रतिनिधिसभा बैठक : नागरिकता संशोधनदेखि नक्कली भुटानी शरणार्थीसम्मका प्रश्न


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement