नक्कली भुटानी शरणार्थी बनाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

वैशाख ५, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी बनाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाउन संलग्न जो भए पनि कारबाहीको दायरामा आउने जनाएका छन् ।

आज (मंगलबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नक्कली व्यक्तिलाई भुटानी शरणार्थी बनाउन संलग्न कुनै पनि पदको व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

४२९ जना गलत व्यक्तिलाई भुटानी शरणार्थीको सूचीमा राखेको घटनामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परे पनि सरकारी संयन्त्रका कोही पनि समातिएका छैनन् । प्रहरी अनुसन्धानले दोषी देखाएकालाई सजाय हुने उनको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement