नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत

वैशाख २४, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पक्राउ परेका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित ८ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने मुद्दामा ४५ दिन पूरा भएको छ । 

प्रहरीले नक्कली भुटानी शरणार्थी मुद्दामा जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि खोजी गरिरहेको छ । रायमाझी फरार रहे पनि प्रतिवादी बनाएर मुद्दा लैजाने तयारी भइरहेको छ । त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव महेश्वर न्यौपाने पनि अनुसन्धानको घेरामा छन् । 

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ५० लाखसम्म असुल गरेको भन्दै एक सयभन्दा बढी पीडितले उजुरी दिएका छन् । प्रहरीले यो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

थप...

नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.