अन्तरार्ष्ट्रिय क्रिकेटमा सन्दीपको २ सय ५० विकेट पुरा

आश्विन २८, २०८२
अन्तरार्ष्ट्रिय क्रिकेटमा सन्दीपको २ सय ५० विकेट पुरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तरार्ष्ट्रिय क्रिकेटमा २ सय ५० विकेट पुरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने पहिलो नेपाली बलर समेत हुन् ।

आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत कतारविरुद्धको खेलमा सन्दीपले यो उपलब्धी हासिल गरेका हुन् । उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन् ।

सन्दीप नेपालका लागी टी-ट्वान्टी आई र ओडीआईमा सर्वाधिक विकेट लिने बलर समेत हुन् । टी-२० आईमा सन्दीपले ६५ खेलको समान इनिङ्समा १ सय २७ विकेट लिएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रियको ६२ खेलको ६० इनिङ्समा १ सय २७ विकेट लिएका छन् ।

हाल उनको नाममा २ सय ५४ अन्तर्राष्ट्रिय विकेट छ ।