होल्डिङ सेन्टरमा सुकुम्बासीको बसाइ लम्बिँदै, मासिक २५ लाखभन्दा बढी खर्च

भाद्र २९, २०८३ |नारायण किलम्बू
होल्डिङ सेन्टरमा सुकुम्बासीको बसाइ लम्बिँदै, मासिक २५ लाखभन्दा बढी खर्च

काठमाडौं । सुकुम्बासीहरु विस्थापित भइसकेपछि उनीहरुको रेखदेख तथा व्यवस्थापनको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लिएको छ । 

समितिले कसरी काम गरिरहेको छ ?

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार विस्थापित सुकुम्बासीमध्ये दुई हजार ८२ परिवारको मात्र लगत संकलन भएको छ । तीमध्ये होल्डिङ सेन्टरमा नबस्ने १८ सय ६३ परिवारलाई एक पटकका लागि २५ हजार रुपैयाँ दिइएको थियो ।

होल्डिङ सेन्टरमा बस्ने एक सय नौ परिवारलाई भने दैनिक तीन सय १० रुपैयाँका दरले खाना तथा खाजाको बन्दोबस्त गरिएको छ । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुका लागि मात्रै मासिक २५ लाख रुपैयाँभन्दा बढी खर्च भैरहेको सरकारको तथ्यांक छ ।

यो खर्च पूर्वाधार विकास मन्त्रालयअन्तर्गत निर्माण व्यवसाय कोषमार्फत भैरहेको छ । होल्डिङ सेन्टरबाहिर रहेकाहरुलाई प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भने पनि बजेट अभावमा वितरण नसकिएको समितिको भनाइ छ ।

सरकारले निर्णय नगर्दासम्म सुकुम्बासीहरु अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकै रेखदेखमा होल्डिङ सेन्टरमै रहनेछन् । तर, कहिलेसम्म ?

सम्बन्धित समाचार :

नदीकिनारबाट हटाइएका सुकुम्बासीको बिचल्ली, स्थायी बसोबास अझै अनिश्चित


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।