बरहथवा गोलीकाण्ड : छानबिन समितिले थाल्यो घटनास्थलको अनुगमन

पुस २३, २०८० |ओमप्रकाश ठाकुर
बरहथवा गोलीकाण्ड : छानबिन समितिले थाल्यो घटनास्थलको अनुगमन

सर्लाही । सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले सोमबार बिहानबाट काम सुरु गरेको छ ।

आइतबार अबेर राति सर्लाही आइपुगेको टोलीले सोमबार बिहान सदरमुकाम मलंगवामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग बैठकसहित आवश्यक जानकारी लिएको छ । त्यस्तै सोमबार मध्याह्‌न नै टोलीले बरहथवा नगरपालिकाअन्तर्गत घटनास्थललगायत विभिन्न स्थानको स्थलगत अवलोकनसमेत गरेको छ ।

सोमबार दिउँसो २ बजे नै राजनैतिक दलका प्रतिनिधिहरुसँग सदरमुकाम मलंगवामा छलफल राखिएको समितिका संयोजक थानेश्वर गौतमले जनाए । शनिबारबाट सात दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने समयावधि पाएको समितिले सरोकारवाला पक्षहरुसँग तदारुकताका साथ काम गरिरहेको छ ।

गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको समिति गठन गरेको थियो ।

सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका सहसचिव गौतम नेतृत्वको टोलीले प्रहरीको गोली लागेर गत शुक्रबार मृत्यु भएका जयशंकर साह गोलीकाण्ड घटनासहित समग्र अवस्थाको सत्यतथ्य छानबिन गरी अनुसन्धान प्रतिवेदन पेस गर्नेछ ।

यो पनि...

बरहथवाका जयशंकर साहको अन्त्येष्टि, नगरपालिकाले दियो सार्वजनिक बिदा (तस्बिरसहित)

बरहथवा घटनामा आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने सहमतिपछि शव उठाइयो, प्रदर्शनका कार्यक्रम स्थगित

बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमति

तनावग्रस्त बन्यो सर्लाहीको बरहथवा, प्रहरी कार्यालयभित्रको फुसको छानोमा आगजनी

प्रदर्शनमा मानवीय क्षति नै हुने गरी किन चल्छ प्रहरीको गोली ? (अन्तर्वार्ता)

बरहथवामा पुन: कर्फ्यु

सर्लाही घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सुरक्षा समिति सर्लाहीका पदाधिकारीले बरहथवा घटनाको स्थलगत निरीक्षण गर्ने

सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल

सीडीओ भन्छन्- मैले गोली हान्ने आदेश दिएको छैन

सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते

अस्पतालको विवादमा प्रदर्शन, एक जनाको मृत्यु


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement