सर्लाही । प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा ६ का युवा जयशंकर साहको अन्त्येष्टि गरिएको छ । आन्दोलनकारी नेतृत्व, पीडित परिवारसहित सरोकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहको शव आइतबार राति मात्र घटनास्थलबाट उठाएर पोस्टमार्टम गरेपछि परिवारले बुझेका थिए ।
साहको शव नगर परिक्रमा गरी बागमती खोलामा खोलामा लगेर अन्त्येष्टि गरिएको छ । योसँगै आज चौथो दिन बरहथवाको जनजीवन सामान्य बनेको छ ।
यसैबीच साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले सोमबार नगरभर शोक स्वरुप सार्वजनिक बिदा दिएको छ ।
बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिकलगायत नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ-संस्थामा सार्वजनिक बिदा दिइएको उल्लेख छ । सार्वजनिक सूचनामा शोकसन्तप्त परिवारजनप्रति समवेदनासहित मृतक साहप्रति चिरशान्तिको कामनासमेत गरिएको छ ।
बरहथवा नगर अस्पताल स्तरोन्नति विवादका क्रममा भएको विरोध प्रदर्शनअन्तर्गत गत शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।
यो पनि...
बरहथवा घटनामा आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने सहमतिपछि शव उठाइयो, प्रदर्शनका कार्यक्रम स्थगित
बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमति
तनावग्रस्त बन्यो सर्लाहीको बरहथवा, प्रहरी कार्यालयभित्रको फुसको छानोमा आगजनी
प्रदर्शनमा मानवीय क्षति नै हुने गरी किन चल्छ प्रहरीको गोली ? (अन्तर्वार्ता)
सर्लाही घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत
सुरक्षा समिति सर्लाहीका पदाधिकारीले बरहथवा घटनाको स्थलगत निरीक्षण गर्ने
सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल
सीडीओ भन्छन्- मैले गोली हान्ने आदेश दिएको छैन
सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते