काठमाडौं । सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ ।
नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा मेयर र अन्य राजनीतिक दलहरुबीच विवाद थियो । सोही विवादलाई लिएर कांग्रेससहितका अन्य दलका कार्यकर्ताले आन्दोलन गरेपछि प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा गोली लागेर अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ । साहको टाउकोमा चोट देखिएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । तर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा गोली हान्ने आदेश आफूले नदिएको र मृत्युको घटनाबारे थप अनुसन्धान गरिने आश्वासन दिएका छन् । उनले भने, ‘गोली हान्ने आदेश दिएको छैन, घटनाबारे थप अनुसन्धान हुँदैछ ।’
झडपका क्रममा बरहथवाका मेयर कल्पनाकुमारी कटुवालको घरमा पनि आक्रमण भएको छ । प्रहरीको एउटा, नगरपालिकाको तीनवटा गाडीमा तोडफोड भएको छ ।
प्रजिअ धमलाका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ ।
यो पनि...
सर्लाहीको बरहथवामा भोलि बिहान ८ बजेसम्म कर्फ्यु
सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते