बरहथवामा पुन: कर्फ्यु

सर्लाहीको बरहथवामा तनाव
पुस २२, २०८० |ओमप्रकाश ठाकुर
बरहथवामा पुन: कर्फ्यु

सर्लाही । अस्पतालको विषय तथा मृतकका आफन्तलाई क्षतिपूर्तिको मागलाई लिएर प्रदर्शन पुनः चर्किएपछि स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा पुन: कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले आइतबार पुन: कर्फ्यु आदेश जारी गरेको हो ।

आइतबार १२ बजेर ४५ मिनेटदेखि भोलि (सोमबार) बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र 'क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ ।

‘सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढालगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले बरहथवाको बजार क्षेत्र (पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल) क्षेत्रभित्र कर्फ्यु आदेश भएको छ,’ प्रजिअ धमलाद्वारा जारी आदेशमा उल्लेख छ ।

प्रदर्शनका क्रममा बरहथवा ६ का जयशंकर साहको गोली लागेर मृत्यु भएको थियो । उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

यो पनि...

सर्लाही घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सुरक्षा समिति सर्लाहीका पदाधिकारीले बरहथवा घटनाको स्थलगत निरीक्षण गर्ने

सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल

सीडीओ भन्छन्- मैले गोली हान्ने आदेश दिएको छैन

सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते

अस्पतालको विवादमा प्रदर्शन, एक जनाको मृत्यु


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement