सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल

पुस २१, २०८० |कान्तिपुर टीभी संवाददाता
सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितका स्थानीय सुरक्षा अधिकारी बरहथहा पुगेर हिजो भएको घटनामा मारिएका जयशंकर साहको परिवारसँग छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो भएको सर्वदलीय बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी बरहथवा पुगेका हुन् । 

उनीहरूले मृतक जयशंकरकी आमालाई भेटेर घटनाप्रति दुःख व्यक्त गरेका थिए भने सरकारले गरेको निर्णयका बारेमा जानकारी गराएका थिए । परिवारसँगको भेटपछि अहिले इलाका प्रहरी कार्यालय बरहथवामा पीडित पक्षसहित सुरक्षा निकायका अधिकारीहरूको बैठक बसिरहेको छ । 

सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार...

सर्लाही घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई दश लाख राहत


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.