बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमति, मृतकको शव आजै उठाइने

जयशंकरको नामबाट अस्पतालको नामकरण गरिने
शवलाई आजै पोस्टमार्टमका लागि मलंगवा लगिने
पुस २२, २०८० |ओमप्रकाश ठाकुर
बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमति, मृतकको शव आजै उठाइने

सर्लाही । सर्लाहीको बरहथवा घटनालाई लिएर आइतबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमति जुटेको छ ।

बरहथवास्थित नगर अस्पताल मधेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति भएको हो ।

सहमतीसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको शव आजै घटनास्थलबाट उठ्ने भएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

सहमतिलाई लिखित गरेर हस्ताक्षर गर्नेक्रम काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छलफलमा सहभागी प्रदेश सभा सदस्य कौशलकिशोर रायले मृतकको शव आजै उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउनेसहितका सहमति भएको पुष्टि गरे ।

यो पनि...

तनावग्रस्त बन्यो सर्लाहीको बरहथवा, प्रहरी कार्यालयभित्रको फुसको छानोमा आगजनी

प्रदर्शनमा मानवीय क्षति नै हुने गरी किन चल्छ प्रहरीको गोली ? (अन्तर्वार्ता)

बरहथवामा पुन: कर्फ्यु

सर्लाही घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सुरक्षा समिति सर्लाहीका पदाधिकारीले बरहथवा घटनाको स्थलगत निरीक्षण गर्ने

सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल

सीडीओ भन्छन्- मैले गोली हान्ने आदेश दिएको छैन

सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते

अस्पतालको विवादमा प्रदर्शन, एक जनाको मृत्यु


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement