सर्लाही घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई दश लाख राहत

पुस २१, २०८० |कान्तिपुर टीभी संवाददाता
सर्लाही घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई दश लाख राहत

काटमाडौं । सर्लाहीको बरहथवामा हिजो भएको घटनाको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

नगर अस्पतालको विषयलाई लिएर हिजो दुई पक्षबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको हो ।

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छन् ।

यस्तै सो घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ । यस्तै छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.