इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीको आश्वासन- उद्धारको तयारी गरिरहेका छौं

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीको आश्वासन- उद्धारको तयारी गरिरहेका छौं

काठमाडौं । इजरायलमा रहेका नेपालीको अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ रहेका विद्यार्थीसँग फोनसंवाद गरेका छन् ।

उनले इजरायलमा रहेका नेपालीहरुको चाँडो उद्धार गर्न आफू र सरकार लागिपरेको जनाएका छन् । उनले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी विपिन सुवेदीसँग संवाद गरेका हुन् ।

उनले त्यहाँ रहेका सबै नेपालीप्रति चासो रहेको नियमित अपडेट लिइरहेको जनाएका थिए । ‘यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्रमन्त्रीस्तरमा पनि कुरा होला,’ प्रधानमन्त्री दाहालले आश्वास्त पार्ने प्रयास स्वरुप भने ।

प्रधानमन्त्री दाहालले इजरायलमा रहेका विद्यार्थी विपिन सुवेदीसँग गरेको कुराकानी

प्रधानमन्त्री दाहाल : सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गरेको हो ?

विपिन सुवेदी : हो हो हो ।

प्रधानमन्त्री दाहाल : यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय) सँग तपाईंको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।

विपिन सुवेदी : हजुर ।

प्रधानमन्त्री दाहाल : अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भई नै हाल्यो । हामी अस्तिदेखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै उस् अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्रमन्त्रीस्तरमा पनि कुरा होला ।

यो सबै कुरा तपाईंले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्‍यो । र एकथरी मान्छे त्याँ ह्याभोक क्रियट गर्ने हुन्छन् । एकआध मान्छेहरु झुटोमुटो कुरा गरेर साथीहरुलाई...

विपिन सुवेदी : सबै जनालाई भन्दिइसकें ।

प्रधानमन्त्री दाहाल : अँ अँ ।

विपिन सुवेदी : अहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट ब्यागमा हालेर रेडी भएर बस्नुस् । अनि लाइभ लोकेसन सेयर गर्नस् भनें । केयर गर्नुस् भनें । सबैजना रेडी हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल : थ्याङ्कु विपिनजी । रमेशजीसँग कम्युनिकेसनमा बस्नुस् ल ।

विपिन सुवेदी : हामीलाई छिटोभन्दा छिटो नेपाल फकाईदिनुस् ।

प्रधानमन्त्री दाहाल : ल.. ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं । ल.. हस् त ल ।

विपिन सुवेदी : हस् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement