युवालाई ठाउँ दिँदै कांग्रेस, केन्द्रीय समितिमा देखिँदै नयाँ अनुहार

आश्विन २१, २०८३ |दशरथ राई
युवालाई ठाउँ दिँदै कांग्रेस, केन्द्रीय समितिमा देखिँदै नयाँ अनुहार

काठमाडौं । जेठो पार्टीमा कान्छा नेताहरु । नेपाली कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय कमिटीमा प्रवेश पाउन १८ वर्ष उमेर पुगेका युवाहरु पनि प्रतिस्पर्धामा छन्। 

विधानले नै ३५ वर्षमुनिका २१ जनालाई केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउने ग्यारेन्टी गरेपछि अघिल्ला महाधिवेशनमा कतै पनि नदेखिने अनुहार यसपटक प्रतिस्पर्धामै उत्रिएका छन्। उनीहरु भन्छन्– प्रतिनिधित्वले पार्टीलाई पुनर्जिवन दिनेछ। 

कांग्रेसलाई यसपटक युवाहरुलाई खुसी बनाउनु छ। त्यसकारण पनि उसले केन्द्रीय कमिटीमा धेरैभन्दा धेरै युवालाई ल्याउने प्रयास गरेको छ। विधानमार्फत नै उसले युवा प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य रहने व्यस्था गर्‍यो। 

यसले ३५ मुनिका कांग्रेस कार्यकर्ता केन्द्रीय सदस्य बन्ने दौडमा उत्साहका साथ होमिएका छन्। युवाहरु भन्छन्– यसले मतदाता र कांग्रेसबीचको दुरी घटाउनेछ । टाँढिएका युवालाई पार्टीमा जोड्ने भूमिका पनि यसले खेल्ने उनीहरुको दाबी छ ।

खुल्ला र आरक्षणको कोटाबाट प्रतिस्पर्धामा उम्मेदवारी दिएका युवाहरु पार्टीले निर्वाचनमा गुमाएका मतलाई फर्काउन र पार्टीमा पुनर्जागरण ल्याउनका लागि उम्मेदवार बनेको बताए।

यो महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३५ वर्षमुनिका कम्तीमा २१ जनाको प्रतिनिधित्व विधानले नै ग्यारेन्टी गरेको छ। हरेक प्रदेशबाट एक महिलासहित दुई जना गरी १४ जना र खुलातर्फ सात केन्द्रीय सदस्यका लागि युवाहरु प्रतिस्पर्धामा छन्। केन्द्रीय कमिटीमा पाएको भागलाई युवाहरुले सकारात्मक भनेका छन्। 

यो प्रतिनिधित्वले कांग्रेसलाई कस्तो बनाउँछ ?


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।