इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको जनाएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यसका लागि मन्त्रालयसँगै तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको जनाएको छ ।

‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै इजरायलको गाजापट्टीसँगको सिमानालगयात क्षेत्रमा भएको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएको जनाउँदै मन्त्रालयले मृतकहरुको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबारदेखि गरेको आक्रमणमा परी एक नेपाली सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । साथै केही घाइते भएका पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।’ मन्त्रालयले भनेको छ । 

यो पनि...

इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

दु:खका साथ भन्नुपर्दा १० नेपाली विद्यार्थी हामीसँग रहनुभएन : राजदूत रिजाल

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement