एक वर्ष बित्यो, सरकारी संरचनाको पुनर्निर्माण भएन

भाद्र २४, २०८३ |किरण पौडेल
एक वर्ष बित्यो, सरकारी संरचनाको पुनर्निर्माण भएन

काठमाडौं । भदौं २४ गते तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणले प्राथमिकता पाएकै छैन । 

प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य अंश त्रिपालले ढाकेर राखिएको छ । मन्त्रालयहरू रंग लगाएर काम चलाइएको छ । बानेश्वरको संसद् भवनको भित्रि क्षेत्र खण्डहर जस्तै छ । सर्वोच्च अदालत पनि उस्तै छ । त्यहाँ अधिकांश मिसिल खरानी नै भएका थिए । 

आगजनी र तोडफोडबाट क्षतिग्रस्त प्रमुख सरकारी संरचनाहरु सिंहदरबार, संघीय संसद् भवन र सर्वोच्च अदालतको एक वर्षपछि अहिलेको स्थिति के छ ? 

संघीय संसद् भवन पनि आगजनीबाट ध्वस्त भएपछि सिंहदरबारको नयाँ भवन निर्माणलाई तिव्रता दिइयो । अहिले नयाँ संसद् भवनमै बैठक बस्ने गर्छ । तर, संसद्‍ भवनको रुपमा प्रयोग भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुनर्निर्माणको कुनै काम अघि बढेको छैन ।

सर्वोच्च अदालत पनि प्रदर्शनकारीको निशानामा पर्यो, त्यससँगै हजारौं अभिलेख र न्यायिक इतिहास खरानीमा परिणत भयो । राजनीतिक दलका पार्टी कार्यालय, नेताका घर, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, संघीय संसद् भवनमा आगजनी तथा तोडफोड गर्दै अगाडि बढेका आन्दोलनकारीहरुले भदौ २४ को दिउँसो ऐतिहासिक सिंहदरबारमा पनि आगजनी गरे । आगो दुई दिनसम्म लागिरह्यो। 

सम्बन्धित समाचार :

जेन-जीसँगको १० बुँदे सम्झौता अझै कार्यान्वयनविहीन

जेन-जी सहिदका परिवार र घाइतेको सरकारप्रति गुनासै-गुनासा


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।