काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको आर्थिक कारोबारमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरी स्रोतका अनुसार पूर्वमन्त्री खाणले रकम बुझेको बारेमा थप प्रमाणित गर्न बैंक विवरण खोजी गरिएको छ । पक्राउ परेका सानु भण्डारीले मन्त्रालयमै गएर रकम बुझाएको भन्दै बयान दिएपछि प्रहरीले खाणविरुद्ध थप प्रमाण संकलन गरेर पक्राउ गरेको थियो ।
संगठित अपराध निवारणसम्बन्धी ऐनले आरोपीको बैंक खाता तथा सम्पति रोक्का राखेरसमेत अनुसन्धान गर्न सकिने अधिकार दिएको छ । आरोप प्रमाणित भए पीडितलाई क्षतिपूर्तिसमेत भराउनुपर्ने भएकाले खाणको बैंक खातामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । त्यस्तै उनको मोबाइल पनि परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाइएको छ । पक्राउ परेका सचिवले आवश्यक कामका लागि मन्त्रीसँग कुरा भइसकेको भन्दै सानु भण्डारीलाई म्यासेज पठाएको देखिएपछि खाणको पनि मोबाइल परीक्षण गर्न लागिएको हो ।
प्रहरीले हिजो खाणको मैजुवहालस्थित घरमा खानतलासीसमेत गरेको थियो । अनुसन्धानका लागि आवश्यक कुनै सबुत भेटिन सक्ने भएकाले पक्राउ परेको आरोपीका घरमा खानतलासी गर्नु नियमित प्रक्रिया भएको प्रहरीको भनाइ छ । खाणसँग प्रारम्भिक सोधपुछ गरिरहेको प्रहरीले आइतबार सरकारी वकिल मार्फत बयान गराउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।
थप...
अदालतले दोषी ठहर नगरेसम्म बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
संसद् सचिवालयमा टोपबहादुरको पत्र- बिरामी छु
टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत
नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ