अदालतले दोषी ठहर नगरेसम्म बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

वैशाख २८, २०८० |कान्तिपुर टीभी संवाददाता
अदालतले दोषी ठहर नगरेसम्म बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथिको अनुसन्धानमा सघाउने भएको छ । तर खाणलाई तत्काल पार्टीको जिम्मेवारीबाट भने नहटाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले खाणमाथिको अनुसन्धानमा सहयोग गर्ने निर्णय गरेको हो । तर, कांग्रेसले खाणलाई तत्काल पार्टीको जिम्मेवारीबाट भने नहटाउने भएको छ । अदालतले दोषी ठहर नगरिसकेकाले तत्काल कारबाही गर्नुनपर्ने कांग्रेसको निष्कर्ष छ । नक्कली शरणार्थी प्रकणमा मुछिएका पार्टीका अन्य नेताहरुका बारेमा भने बैठकमा कुनै छलफल नभएको नेताहरुको भनाइ छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । सभापति शेरबहादुर देउवासहित केही पदाधिकारीले भने बैठकमा खाणका विषयमा कुनै धारणा बैठकमा राखेनन् ।

त्यस्तै पदाधिकारी बैठकले अघिल्लो संसदले पारित गरेर पनि प्रमाणीकरण हुन बाँकी रहेको नागरिकता विधेयकलाई लिएर कानुनिवद्‍हरुसँग छलफल गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकार परिवर्तनका विषयमा गठबन्धन दलमा छलफल गरेर अघि बढ्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

थप...

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
संसद् सचिवालयमा टोपबहादुरको पत्र- बिरामी छु
टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत
नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.