विन्दवासिनी कंसाकारलाई आयोगले दियो सांसदको प्रमाणपत्र, के गर्लान् ढाकाकुमार ?

वैशाख २५, २०८० |कान्तिपुर टीभी संवाददाता
विन्दवासिनी कंसाकारलाई आयोगले दियो सांसदको प्रमाणपत्र, के गर्लान् ढाकाकुमार ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकमा सिफारिस विन्दावासिनी कंसाकारलाई सांसद पदको प्रमाणपत्र दिइसकेको छ ।

सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेपछि उनको स्थानमा कंसाकारलाई पार्टीले सांसदका लागि आयोगमा सिफारिस गरेको थियो । आयोगका अनुसार यसरी सिफारिस आएको सात दिनभित्र निर्वाचित गरिसक्नुपर्ने नियम भएकाले कंसाकारलाई आयोगले हिजै (आइतबार) सांसद पदको प्रमाणपत्र दिइसकेको छ । तर कंसाकारले सांसद पदको शपथ लिन भने पाएकी थिइनन् ।

आज (सोमबार) सर्वोच्च अदालतले फैसला गर्दै ढाकाकुमारलाई संसद् बैठकमा उपस्थित हुने बाटो खोलिदिएको छ । घुस मागेको घुस मागेको अडियो बाहिरिएसँगै रास्वपाले कारबाही गर्दै ढाकाकुमारलाई निलम्बन गरी उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

‘विन्दवासिनी कंसाकारलाई पार्टीको सिफारिसअनुसार सांसद बनेको प्रमाणपत्र दिइसक्यौं ।’

पार्टीले कारबाही गरी सांसद पद गुमाएका ढाकाकुमार पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका थिए । उनको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश आइतबार मात्र जारी गरेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले ढाकाकुमारलाई निलम्बन गर्नुको कारण देखाऊ आदेश जारी गरेपछि उनी मुद्दाको किनारा नलागेसम्म संसद् जान पाउनेछन् ।

सर्वोच्चको आदेशपछि ढाकाकुमार संसद्‌मा उपस्थित हुने उनको सचिवालयले जनाएको छ । रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्षी बनाइएको मुद्दामा न्यायाधीश श्रेष्ठको एकल इजलासले कारण देखाऊसहितको अल्पकालीन आदेश जारी गरेसँगै अब संसद्‌मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको सांसदका रुपमा कंसाकार र ढाकाकुमार दुवैको उपस्थिति हुने अवस्था देखिन्छ ।

तर ढाकाकुमारको ठाउँमा कंसाकारलाई आयोगले सांसदको पत्र दिएपछि त्यसबारे थप निर्णय अब संसद् सचिवालयले नै गर्ने आयोगको भनाइ छ । ‘अब संसद्‌मा शपथ गरेको एकजना र नगरेको एकजना सांसद हुने देखियो । यसबारे आयोग सचिवालयले नै निर्णय गर्नेछ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कान्तिपुर टेलिभिजनलाई भने, ‘हामीले हिजै (आइतबार) विन्दवासिनी कंसाकारलाई पार्टीको सिफारिसअनुसार सांसद बनेको प्रमाणपत्र दिइसक्यौं ।’

आयोगको पदाधिकारीको बैठक बसेर रास्वपाको सिफारिसअनुसार कंसाकारलाई सांसदको प्रमाणपत्र दिएको हो ।

संसद् सचिवालयले पायो आयोगको पत्र

यसैबीच आयोगले कंसाकारलाई सांसदमा नियुक्त गरेको पत्र संसद् सचिवालयले प्राप्त गरेको जनाएको छ । सभामुखको सचिवालयले भन्यो, ‘आयोगबाट विन्दवासिनी कंसाकारलाई सांसदमा नियुक्त गरेको पत्र आज प्राप्त भएको छ ।’

सम्बन्धित समाचार...

रास्वपाका ढाकाकुमारको मुद्दामा कारण देखाऊ आदेश, चालु अधिवेशनमै संसदमा फर्किने

दुई करोडको अडियो : रवि कुटेजस्तो गर्ने, ढाका रोएजस्तो !

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपा अनुशासन समितिको निष्कर्ष

साधारण सदस्य पनि नरहने गरी ढाकाकुमारलाई रास्वपाको कारबाही

सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

निलम्बनमा परेका ढाकाकुमारले रास्वपाकै ब्यानरमा गरे पत्रकार सम्मेलन

सहकारीसम्बन्धी अनियमिततामा पनि ढाकाकुमार...

संसद्‌मा बहस : ढाकाकुमारको घुसकाण्डदेखि बालेन्द्रसँग वार्तासम्म

ढाकाकुमार प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग, धनराज भन्छन्- कोर टिम भनेको को हो ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.