सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

काठमाडौँ । घुस मागेको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । 

सभामुख देवराज घिमिरले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् । घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका श्रेष्ठलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो ।

रास्वपाको पत्रको अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् ।

उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले घूस प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई गत चैत २९ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

मन्त्री बन्न श्रेष्ठले विवादास्पद छबिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरेर छानबिन गरेको थियो ।

केन्द्रीय समितिको बैठक बस्नुअघि श्रेष्ठले उक्त अडियो आफ्नै भएको स्वीकार गर्दै पुरानो अडियोलाई सम्पादन गरेर सार्वजनिक गरिएको दाबी गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement