रास्वपाका ढाकाकुमारको मुद्दामा कारण देखाऊ आदेश, चालु अधिवेशनमै संसदमा फर्किने

वैशाख २५, २०८० |कान्तिपुर टीभी संवाददाता
रास्वपाका ढाकाकुमारको मुद्दामा कारण देखाऊ आदेश, चालु अधिवेशनमै संसदमा फर्किने

काठमाडौं । घुस मागेको अडियो बाहिरिएसँगै सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यो सँगै उनी चालु अधिवेशनमा संसदमा उपस्थित हुने उनको निजी सचिवालयले जनाएको छ । रास्वपाले ढाकाकुमारको सट्टामा नेतृ विन्दाबासिनी कंशाकारलाई सफिरिस गरेको भएपनि अब उनको सांसद बन्ने बाटो भने रोकिएको छ ।

पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिले कारबाही गरेसँगै पदमुक्त भएका ढाकाकुमारले पार्टीको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्षी बनाइएको मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊसहितको अल्पकालीन आदेश जारी गरेको हो ।

सम्बन्धित समाचार...

दुई करोडको अडियो : रवि कुटेजस्तो गर्ने, ढाका रोएजस्तो !

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपा अनुशासन समितिको निष्कर्ष

साधारण सदस्य पनि नरहने गरी ढाकाकुमारलाई रास्वपाको कारबाही

सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

निलम्बनमा परेका ढाकाकुमारले रास्वपाकै ब्यानरमा गरे पत्रकार सम्मेलन

सहकारीसम्बन्धी अनियमिततामा पनि ढाकाकुमार...

संसद्‌मा बहस : ढाकाकुमारको घुसकाण्डदेखि बालेन्द्रसँग वार्तासम्म

ढाकाकुमार प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग, धनराज भन्छन्- कोर टिम भनेको को हो ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement