संसद्‌मा बहस : ढाकाकुमारको घुसकाण्डदेखि बालेन्द्रसँग वार्तासम्म

चैत्र २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा बहस : ढाकाकुमारको घुसकाण्डदेखि बालेन्द्रसँग वार्तासम्म

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे प्रश्न उठाएका छन् । साथै काठमाडौं महानगर र सरकारबीचमा देखिएको समस्याका विषयमा पनि सांसदले कुरा उठाएका छन् ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङ सांसदले मन्त्री बन्नका लागि रकम मागेको विषयमा संसदीय छानबिनको माग गरे ।

नेमकिपाका प्रेम सुवालले पनि घुस प्रकरणमा सांसदको संलग्नता के हो भनी प्रश्न गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले भने आफ्ना सांसदका बारेमा बाहिर आएको विषयमा पार्टीले छानबिन सुरु गरिसकेको भन्दै संसदमा माफीसमेत मागेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका र संघीय सरकारवीचको विवाद तत्काल समाधान गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । केही सांसदले नेपालीलाई भुटानी शरणार्थी बनाउने गरी बाहिर आएको विषयमा पनि छानबिनको माग गरेका छन् ।

यससम्बन्धी थप समाचार :

प्रधानमन्त्रीज्यू, तत्काल बालेन्द्रसँग वार्ता गर्नुहोस् : गगन थापा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement