सहकारीसम्बन्धी अनियमिततामा पनि ढाकाकुमार...

चैत्र २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
सहकारीसम्बन्धी अनियमिततामा पनि ढाकाकुमार...

काठमाडौं । मन्त्री हुन रकम मागेको अडियो बाहिरिएपछि पार्टीको निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पोखराको सहकारीसम्बन्धी अनियमितता विवादमा पनि मुछिएका छन् ।

श्रेष्ठ गत कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान कृषि सहकारी संस्थामा अध्यक्ष थिए । उनले अध्यक्ष रहँदा झन्डै एक करोड रुपैयाँ हिनामिना गरेको तथा अध्यक्षबाट हटे पनि नयाँ कार्यसमितिलाई हिसाबकिताब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको छ । सहकारीको कार्यालयमा ६ महिनादेखि ताला लागेको छ । उठ्नुपर्ने रकमको स्रोत नै नखुल्दा बचतकर्तालाई रकम फिर्ता गर्नसमेत संस्थासँग रकम नभएको सहकारीले जनाएको छ ।

नयाँ सञ्चालक समितिले सहकारीलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि कारोबार सुरु गर्न सकेको छैन । सहकारीले विशेष गरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो ।

किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको थियो । तर, कुखुरा खरिद-बिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले जनाएको छ ।

थप समाचार...

९९ लाख रुपैयाँ हिनामिना भएपछि रास्वपाका निलम्बित सांसद सांसद ढाकाकुमार पूर्वअध्यक्ष रहेको सहकारी ६ महिनादेखि बन्द
अडियो प्रकरणबारे रास्वपाले माग्यो श्रेष्ठसँग चौबीसघण्टे स्पष्टीकरण
२ करोड घूस मागेपछि रास्वपाका सांसद पार्टीबाट निलम्बित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement