निलम्बनमा परेका ढाकाकुमारले रास्वपाकै ब्यानरमा गरे पत्रकार सम्मेलन

चैत्र २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
निलम्बनमा परेका ढाकाकुमारले रास्वपाकै ब्यानरमा गरे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बनमा परेका सांसद ढाकाकुमार श्रेष्ठले पार्टी सभापतिले कारबाही गर्ने भनेको ७२ घण्टापछि बुधबार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा पार्टीकै ब्यानरमुनि पत्रकार सम्मेलन गरेका छन् । पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको भनिए पनि उनी पार्टी नेताकै शैलीमा पत्रकारसँग प्रस्तुत भए ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोडको डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले सांसद र पार्टीको साधारण सदस्य नरहने गरी काममा रोक लगाएको बताएको थियो । उनीबारे थप निर्णय लिन पार्टीको बैठक भने बसिरहेको छ ।

अडियो आफ्नो नभएको दाबी गर्दै आएका श्रेष्ठले बुधबार भने सो अडियोमा रहेको स्वर आफ्नो भएको स्वीकार गरेका छन् । तर, दुई महिना अगाडिकै अडियो अहिले उपनिर्वाचनको मुखमा बाहिर ल्याएर पार्टीलाई बदनाम गर्न खोजिएको श्रेष्ठको तर्क छ ।

श्रेष्ठले जनवरी-फेब्रुअरीको अडियो अहिले सार्वजनिक गरेर पार्टीमाथि प्रहार गरेको बताए । बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस अडियो प्रकरणका कारण उपनिर्वाचन र आफ्नो मान प्रतिष्ठामा घात भएको भन्दै क्षामा पनि मागे । उनले भने, ‘म चाहिँ अहिले पार्टीबाट निलम्बित भएको सदस्य हो । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु ।’

सम्बन्धित समाचार...

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपा अनुशासन समितिको निष्कर्ष

ढाकाकुमारको अडियो काण्ड : अख्तियारले थाल्यो छानबिन

संसद्‌मा बहस : ढाकाकुमारको घुसकाण्डदेखि बालेन्द्रसँग वार्तासम्म

ढाकाकुमार प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग, धनराज भन्छन्- कोर टिम भनेको को हो ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement