साधारण सदस्य पनि नरहने गरी ढाकाकुमारलाई रास्वपाको कारबाही

चैत्र २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
साधारण सदस्य पनि नरहने गरी ढाकाकुमारलाई रास्वपाको कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घूस प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फका सांसद श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको हो । बैठकले उनलाई सांसदबाट पनि हटाउने र सो ठाउँमा बिन्दवासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्री बन्न श्रेष्ठले विवादास्पद छबिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरेर छानबिन गरेको थियो । अनुशासन तथा आचरण समितिको सिफारिसका आधारमा उनलाई कारबाही गरिएको रास्वपाले जनाएको छ ।

केन्द्रीय समितिको बैठक बस्नुअघि श्रेष्ठले उक्त अडियो आफ्नै भएको स्वीकार गर्दै पुरानो अडियोलाई सम्पादन गरेर सार्वजनिक गरिएको दाबी गरेका थिए । सांसद श्रेष्ठले घूस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

सम्बन्धित समाचार...

निलम्बनमा परेका ढाकाकुमारले रास्वपाकै ब्यानरमा गरे पत्रकार सम्मेलन

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपा अनुशासन समितिको निष्कर्ष

ढाकाकुमारको अडियो काण्ड : अख्तियारले थाल्यो छानबिन

संसद्‌मा बहस : ढाकाकुमारको घुसकाण्डदेखि बालेन्द्रसँग वार्तासम्म

ढाकाकुमार प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग, धनराज भन्छन्- कोर टिम भनेको को हो ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement