बालुवाटार बैठक : आफ्नै वचनले देउवालाई सकस, प्रधानमन्त्रीमा ३ जनाको नाम

पुस ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
बालुवाटार बैठक : आफ्नै वचनले देउवालाई सकस, प्रधानमन्त्रीमा ३ जनाको नाम

काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि सहमति जुटाउन शनिबार बालवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भावी प्रधानमन्त्रीका लागि तीन जनाको नाम आएको छ । शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच सहमति नजुटेपछि माधव नेपाललाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउनेबारे बैठकमा चर्चा चलेको छ ।

‘शेरबहादुरजी र पुष्पकलवीच सहमति जुट्दैन भने माधवजीलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाएर किन अगाडि नजाने भन्ने चर्चा भयो’ बैठकमा सहभागी एक नेताले कान्तिपुर टेलिभिजनसँग भने, ‘माधवजीलाई राष्ट्रपति बन्ने प्रस्ताव पनि बैठकमा आयो । तर, उहाँले यसपालि नै राष्ट्रपति बन्ने कि अर्को कार्यकालसम्म सक्रिय राजनीतिमा लाग्ने टुंगो लगाउन सक्नुभएको छैन ।’

उच्च राजनीतिक स्रोतका अनुसार आलोपालो प्रधानमन्त्री चलाउने र चुनावपछि पहिलो कार्यकाल प्रधानमन्त्री दिने सहमति देउवाले यसअघि नै पुष्पकमलसँग गरिरहेको हुनाले उनी अप्ठ्यारोमा परेका छन् ।

स्रोतले भन्यो, ‘देउवाजीले दाहाललाई वचन दिइसक्नुभएको देखियो, खाली उहाँको पार्टीभित्र सहमति नजुटेको हुनाले अप्ठ्यारोमा पर्नुभएको छ ।’

नेपाली कांग्रेसको शेखर–गगन पक्ष पुष्पकमललाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने पक्षमा छैन । तर, सभापति देउवाले चुनावअघि नै दाहाललाई वचन दिइसकेको माओवादी पक्षको दाबी छ । यही विषयमा शनिबार बालुवाटारमा बहस चलेको स्रोतको भनाइ छ ।

पहिलो कार्यकाल देउवा प्रधानमन्त्री बन्ने कि दाहाल बन्ने भन्नेबारे सहमति नजुटेपछि विकल्पमा माधव नेपालको नाम आएको बताउँदै एक नेताले कान्तिपुरसँग भने, ‘तीनजनाले आलोपालो गर्ने सम्भावना पनि छ, तर को पहिले भन्ने सोमबारको बैठकबाट टुंगो लाग्छ ।’

प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरुको पनि भागवण्डा मिलाएर सोमबार बिहान सहमति जुटाइने नेताहरुले दाबी गरेका छन् ।

शुक्रबारजस्तै शनिबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि विनानिष्कर्ष सकिएको छ । तर, आइतबार बस्ने बैठकले सबै पदमा सहमति जुटाउने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि सञ्चारकर्मीलाई बताए ।

सम्बन्धित समाचार 

गठबन्धनको भागबण्डा : यी हुन् ६ विकल्प

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

दाहाल-ओलीबीच छलफल भइरहेका बेला सीके राउतको प्रवेश

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement