पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति भएको छ । नेकपा एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको छ । 

पहिलो साढे २ वर्ष दाहाल प्रधानमन्त्री बन्ने र अर्को साढे २ वर्ष ओली प्रधानमन्त्री बन्ने सहमति जुटेको हो । 

बालकोटमा जम्मा भएका दलहरुबाट बहुमत जुटेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सिट जोड्दा १६२ पुग्छ ।

राष्ट्रपतिले सरकार बनाउन दलहरुलाई दिएको समय आजै साँझ ५ बजे सकिँदै छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै दलहरु दाहाल नेतृत्वमा सरकार बनाउने तयारी गरेसँगै शीतलनिवासले पनि आजै प्रधानमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ ।

सत्ता गठबन्धनबीच बालुवाटारमा आज बिहानैदेखि छलफल भए पनि सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको छलफलमा दलहरुबीच आलोपालो सरकार चलाउने सहमति जुटेको हो । 

सम्बन्धित समाचार

‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

दाहाल-ओलीबीच छलफल भइरहेका बेला सीके राउतको प्रवेश

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement