काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल गर्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
वामपन्थी सरकार गठनका विषयमा अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेका बेला सीके राउत बालकोट पुगेका हुन् ।
बालकोटमा दाहाल, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेता छन् । अब उक्त छलफलमा राउतको पनि प्रवेश भएको छ ।
सम्बन्धित समाचार
पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति
‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी
दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?
ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे
सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की
सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए