ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

काठमाडौं । प्रधानमन्त्रीमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले गठबन्धन तोड्ने छाँट देखाएका छन् । अध्यक्ष दाहाल गठबन्धन सकियो भन्दै बालुवाटारबाट बाहिरिएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेका छन् ।

एमालेको सहयोगमा चुनाव जितेका जनता समाजवादी पार्टीका नेता अशोक राईका अनुसार टेलिफोनमा देउवाले ओलीलाई कांग्रेस-एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेका थिए । कान्तिपुर टीभीसँगको कुराकानीमा राईले भने, ‘म ओली जीसँग बालकोटमा कुराकानी गर्दै थिएँ । ओलीलाई देउवाले फोन गरेर मिलेर सरकार बनाउन प्रस्ताव राख्नुभयो ।’

टेलिफोन वार्ताको केही समयपछि अध्यक्ष दाहाल बालकोट पुगेका हुन् । उनले ओलीलाई वामपन्थी सरकार निर्णाणको प्रस्ताव गरेका छन् । दाहाल पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर बालकोट पुगेका हुन् ।

नयाँ सरकार गठनको दौडमा रहेका दाहाल, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरुको छलफल ओलीनिवासमा भइरहेको छ । 

सम्बन्धित समाचार

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

दाहाल-ओलीबीच छलफल भइरहेका बेला सीके राउतको प्रवेश

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement