स्थानीय अधिवेशनमा विवाद चुलिँदा कांग्रेसको महाधिवेशन तयारीमा सकस

आश्विन १०, २०८३ |दशरथ राई
स्थानीय अधिवेशनमा विवाद चुलिँदा कांग्रेसको महाधिवेशन तयारीमा सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई समूह अहिले अलग अलग १५औँ महाधिवेशनमाको तयारीमा छन् ।

संस्थापनपक्षले तय गरेको महाधिवेसनमा सात हजार भन्दाबढी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी साता काठमाडौँको टुँडिखेलमा १५‍औँ महाधिवेशनको उद्घाटन सत्र हुनेछ । तर, अहिले कतिपयठाउँमा विवादका कारण कतिपय ठाँउमा मौसमि प्रतिकूलताले कांग्रेस महाधिवेनका गतिविधि प्रभावित भइरहेका छन् ।

शुक्रबार विराटनगरमा अधिवेशनका क्रममा दुक्षपक्षबीच कुटाकुननै भयो । क्रियाशिल सदस्यता विवादकै कारण मधेश प्रदेशका कतिपय ठाँउमा पालिका अधिवेशन हुनै सकेको छैन । उच्च वर्ष र हिमपात भइरहेका ठाँउमा पनि मौसमका कारण निर्धारित कार्यतालिका प्रभावित भएको छ ।

जिल्ला र प्रदेश तहको नेतृत्व चयन नगरी एकै पटक केन्द्रीय महाधिवेसनको तयारीमा लागेको कांग्रेसलाई आन्तरिक विवाद र मौसमले कार्यतालिका अनुसार देशैभर महाधिवेसन सकिनेमा संशय देखिएको छ ।

काठमाडौँको टुँडिखेलमा १६ गते देखि १९ गतेसम्म गए भएको महाधिवेशनका लागि समय तय गरिएको छ । कांग्रेसले स्वदेश र विदेशका जनसम्पर्क गरी सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सभागिता हुने जनाएको छ । कांग्रेसले सात हजार ४३ वडामध्ये केहीबाहेक अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ पालिका तथा क्षेत्रीय अधिवेशनपनि अन्तिम चरणमा रहेको दाबी गरेको छ ।

बाढी प्रभावित रसुवासहित मधेश प्रदेशका सिरहा, धनुषा र महोत्तरी जिल्ला सबैभन्दा बढी तालिका प्रभावित भएको छ । अधिवेशन यद्दपि बाँकी रहेका तथा विवाद भएका ठाँउमा १३ गतेभित्र गरिसक्न कांग्रेसले निर्देशन दिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनमा १ सय ६५ निर्वाचनक्षेत्रबाट ५ हजार ४ सय ४५ महाधिवेशन प्रतिनिधिहरु सहभागी हुनेछन् भने पालिका र नगरबाट सात सय ५३ जना सहभागी हुनेछन् । अधिवेशन नभएका ठाँउबाट भने प्रतिनिधि चयन सकसपूर्ण हुनेछ । त्यसैगरी प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट ३ सय ३० जना सभापतिहरु सहभागी हुनेछन् । 

कांग्रेसको ३९ वटा भातृ तथा शुभेक्षुक संस्थाबाट २ सय ४५ जना सहभागी हुनेछन् । विदेशस्थित जनसम्पर्क मञ्चबाट २ सय १० भन्दाबढी महाधिवेशन प्रतिनिधिहरु १५औँ महाधिवेशनमा सहभागी हुनेछन् । एकातिर दुई अलग अलग महाधिवेशनले फुटको शंघारमा पुगेको कांग्रेसमा स्थानीय तहकै अधिवेशनका क्रममा ठाँउ ठाँउमा विवाद भएपछि केन्द्रीय महाधिवेसननै समयमै हुन्छ भन्ने प्रश्न उठेको छ तर केन्द्रीय निर्वाचन समितिले भने वैधानिक समस्याका कारण मिति सार्न नसकिने दाबी गरेको छ ।

कतिपय जिल्लाहरु कांग्रेसको केन्द्रीय विवादको प्रभाव पनि देखिएको छ । जसका कारण केही जिल्लामा स्थानीय तहको अविवेशनमा कम कार्यकर्ता सहभागी भएका छन् । अहिलेको विधानअनुसार १५औँ महाधिवेशनले सभापतिसहित २ सय ४१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । 

नयाँ नेतृत्वमा सभापतिसहित, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री गरी ११ पदाधिकारीसहित १ सय ६९ जना चार वर्षका लागि निर्वाचनबाट चुनिने छन् । तीन सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिले मनोनयन गर्नेछन् । १५औँ महाधिवेशनको उद्घाटन खुल्लामञ्चमा हुनेछ भने बन्दसत्र राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा राखिएको छ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।