‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नसकिने अडान राखेपछि सहकार्य सकिएको घोषणा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग छलफल गर्न ओली निवास बालकोट पुगे ।

अध्यक्ष दाहाल आफ्ना सहकर्मी नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर बालकोट पुग्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता अशोक राईले केपी ओलीलाई भेटिसकेका थिए । पछि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगे ।

अहिलेसम्म बालकोटमा जम्मा भएका दलहरुको अंकगणितले बहुमत पुगिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसधामा बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सिट जोड्दा १६२ पुग्छ ।

अब एमाले माओवादी गठबन्धनले बहुमत देखाउने अवस्था आयो र राष्ट्रपतिसमक्ष दाबी पेस गरेपछि आजै प्रधानमन्त्री चयन हुने सम्भावना बढेको छ । प्रधानमन्त्रीको नाम भने तय भइसकेको छैन । एमालेले राष्ट्रपति लिने गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । 

सम्बन्धित समाचार

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

दाहाल-ओलीबीच छलफल भइरहेका बेला सीके राउतको प्रवेश

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement