सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जारी सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएका छन् ।

राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा आज सकिने भएको हुँदा दलहरु सहमतिको प्रयासमा जुटेका छन् । बैठकमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिएका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जारी सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएका छन् ।

राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा आज सकिने भएको हुँदा दलहरु सहमतिको प्रयासमा जुटेका छन् । बैठकमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिएका हुन् ।

गठबन्धनको बैठकबाट दाहाल बाहिरिए पनि अरु नेताहरुको छलफल भने जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

शक्ति बाँडफाँडको विषयमा सत्तारुढ दलहरु निर्णायक छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनभित्र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । यो बैठकले यसबारे सहमति जुटाउने नेताहरुले बताएका छन् ।

राष्ट्रपति भण्डारीले बहुमतसहितको सरकारको नेतृत्वमा दाबी गर्न दिएको समय सीमा आइतबार साँझ ५ बजे सकिँदै छ ।

गठबन्धनका कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि को पहिले प्रधानमन्त्री हुने भन्नेमा दुवै दल निर्णयमा पुग्न सकेका छैनन् ।

यसका साथै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने विकल्पमा पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आज बालुवाटारमा सहमति नजुट्दा आउन सक्ने २ परिणाम : प्रधानमन्त्रीमा देउवालाई नियुक्ति वा म्याद थप


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement