सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

काठमाडौं । गठबन्धनको आइतबार बेलुका बस्ने बैठकले मात्र सरकार गठनका बारेमा निर्णय दिने भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दिउँसो बसेको बैठक निष्कर्षविहीन बनेको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबादुर देउवा गठबन्धन तोड्न नहुने पक्षमा रहेको प्रवक्ता कार्कीले बताए । उनले भने, ‘प्रधानमन्त्री गठबन्धन नतोड्ने पक्षमा हुनुहुन्छ । हाम्रो आन्तिरिक छलफल पनि भएको छैन । बेलुका निर्णय हुन्छ । सबै कुरा अन्तिम घडीमा हुन्छ ।’

दाहालले पहिलो कार्यकालमा आफू प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् । प्रवक्ता कार्की भने, ‘पहिलो कार्यकालमा आफूलाई प्रधानमन्त्री नदिने भएपछि लभगभ कुरा सकियो भन्दै दाहाल बैठकबाट उठेर हिड्नुभयो ।’

निर्णायक छलफल गर्न सभापति देउवासँग पुगेका दाहाल सहमति जुट्न नसकेपछि बालुवाटारबाट निस्किएका थिए ।

बालुवाटारबाट निस्किएका दाहालले खुमालटारमा पार्टीको बैठक गरेपछि उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सम्बन्धित समाचार

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

दलहरु आफ्नो अडानबाट टसको मस किन भएनन् ?

दाहाल-ओलीबीच छलफल भइरहेका बेला सीके राउतको प्रवेश

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए

सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement