पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

चैत्र २, २०८० |रमेश धमला
पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंको टोखास्थित धापासीबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

दीपेश ६० किलो सुन तस्करीका मुख्य आरोपीमध्येका एक चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग निकट सम्बन्ध रहेका व्यक्ति हुन् । दीपेशले नै दावालाई प्रहरीका उच्च अधिकृत तथा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनसँग सम्बन्ध बनाइदिएका थिए ।

आठ वर्षभन्दा लामो समयदेखि काठमाडौं बसेर सुन तस्करी गर्दै आएका दावाले नेपाली नागरिकता र राहदानीसमेत बनाएको प्रहरीकै अनुसन्धानबाट खुलेको थियो । तर दीपेश भने राजनीतिक संरक्षणकै कारण जोगिँदै आएका थिए ।

माओवादी केन्द्रकै अर्का नेता कृष्णबहादुर महराका छोरा राहुल पनि विद्युतीय चुरोट (भेप) बाट भएको ९ किलो सुन तस्करी प्रकरण अभियोगमा पुर्पक्षका लागि कारागारमा छन् ।

दीपेशले भने आफूले प्रयोग गर्ने मोबाइल नै गायब पारेर प्रमाण फेला नपरेको भन्दै सीआईबीले सोधपुछ मात्रै गरेर छोडेको थियो । शुक्रबार उनी पक्राउ परेपछि प्रहरीले थप कारबाही र अनुसन्धान अगाडि बढाउन सक्छ । त्यसका लागि कारागारमा रहेका चिनियाँ समूहको बयान र नयाँ तथ्य खोज्नुपर्ने चुनौती प्रहरीका लागि देखिएको हो ।

उपराष्ट्रपतिका अर्का छोरा जितेन्द्र पुन पनि सुन तस्करीमा संलग्न रहेको प्रमाणहरु कान्तिपुर टेलिभिजनले यसअघि सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार...

सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका दुई छोरा : यस्तो छ कनेक्सन

सुन तस्करीको तमसुकमा पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र पुनको ल्याप्चे, अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करीको जालो : ५० जनाको सञ्जालमा २३ विदेशी

सात कम्पनी खोलेर ३६३ किलो सुन तस्करी

३६२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष, ५० जना संलग्न रहेको दाबी

६० किलो सुन काण्ड : २३ विदेशीसहित ५० जना संलग्न, तीन अर्ब बिगो माग

६० किलो सुन तस्करी प्रकरण : २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

६० किलो सुन तस्करीका फरार आरोपी अमला रोक्काविरुद्ध डिफ्युजन नोटिस जारी

नेताका छोरासँग सेटिङ, सुनको कारोबार क्रिप्टोबाट

मलद्वारमा लुकाएर पनि ल्याइएको थियो सुन

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

कान्तिपुर सरोकार : सुन तस्करीमाथि छानबिन आयोगको औचित्य कति ?


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।