भारत ओडिसाको कीट विश्वविद्यालयमा अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटियो

वैशाख १८, २०८२ |किरण पौडेल
भारत ओडिसाको कीट विश्वविद्यालयमा अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटियो

काठमाडौं । भारतको ओडिसा राज्यस्थति भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (KIIT) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ । 

विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । 

यसअघि गत फागुनमा नेपालकी छात्रा प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएपछि विवाद र तनाव सिर्जना भएको थियो । विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालिएको थियो । 

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेतत उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गरेको थियो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।