उदयपुरमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

वैशाख १८, २०८२ |भोटराज राई
उदयपुरमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत कटारी-गाईघाट सडकखण्डकाे कटारी नगरपालिका-६ साेमबारेमा आज साँझ मे१च ३०४० नम्बरको स्कारपियो गाडी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएको उदयपुर प्रहरीले जनाएको छ ।

स्कारपियोमा सवार झापाकाे दमक नगरपालिका- ३ का ५५ वर्षीय माधव बस्नेतकाे मृत्यु भएकाे हाे । बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । स्कारपियो चितवनबाट झापा जाँदै थियो ।

घाइते हुनेहरुमा सवारी चालक झापाकाे दमक नगरपालिका-९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक- १० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, दमक-१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नपा-१ का ५४ वर्षीय भुवन दाहाल रहेका छान् । घाइतेहरुको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।