६० किलो सुन काण्ड : २३ विदेशीसहित ५० जना संलग्न, तीन अर्ब बिगो माग

भाद्र २७, २०८० |कान्तिपुर टीभी संवाददाता
६० किलो सुन काण्ड : २३ विदेशीसहित ५० जना संलग्न, तीन अर्ब बिगो माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ‘ब्रेक शु’को स्वरुपमा भित्रिएको ६० किलो अवैध सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई प्रतिवदी बनाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले २७ नेपाली र २३ विदेशी नागरिकलाई प्रतिवदी बनाउन रायसहित आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । प्रतिवेदनमा आरोपीमाथि तीन अर्ब बिगो माग दाबी गर्न राय दिइएको सीआईबी स्रोतले कान्तिपुर टेलिभिजनलाई जानकारी दियो । 

स्रोतका अनुसार यस गिरोहबाट ३६२ किलोग्राम सुन तस्करी भएको खुलेको छ । अबको केहीबेरमा प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ ।

यस प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । फरारमध्ये १४ विदेशी र चार नेपाली हुन् ।

गत साउन ४ गते  सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याएको अवैध सुन राजस्व अनुसन्धान  विभागले बरामद गरेको थियो । सुरुमा १८ दिन आफैँले अनुसन्धान गरेको राजस्वले त्यसपछि सीआईबीलाई सुम्पेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.