आफ्नो सेवा-सुविधा बढाएर आन्दोलनबाट फर्किए शिक्षक, अब विद्यालयमा होला सुधार ?

वैशाख १९, २०८२ |अमर क्षितिज भण्डारी
आफ्नो सेवा-सुविधा बढाएर आन्दोलनबाट फर्किए शिक्षक, अब विद्यालयमा होला सुधार ?

दाङ । शिक्षा ऐन नलिई नफर्कने अडानमा देखिएका शिक्षक आफ्नो सेवा-सुविधा बढेपछि आन्दोलन समाप्त गरेर फर्किएका छन् । यसबारेमा के भन्छन् अभिभावक र विद्यार्थी ? 

शिक्षकहरु विद्यालयमा फर्किदै गर्दा शुक्रवारदेखि नै विद्यार्थी कक्षाकोठामा हुन्छन् कि हुँदैनन् द्विविधा छ । आन्दोलनका लागि काठमाडौं पुगेका शिक्षकहरु शुक्रबार नै विद्यालय पुग्छन कि पुग्दैनन् अर्को द्विविधा अभिभावकलाई छ ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा लागेका शिक्षकहरुले आफ्नो पेशागत शुनिश्चिततासँगै विद्यालयको शैक्षिक वातावरण सुधार र विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा कत्तिको ध्यान पुर्याउँछन् अभिभावकहरु कुरिरहेका छन् ।

बैसाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा २१ वैशाखबाट हुने भनिएको छ । १२ को परीक्षा र अन्य विद्यार्थीको पठनपाठनलाई एकैसाथ लैजानुपर्ने चुनौती विद्यालय र शिक्षकहरुमा छ । 

तोकिएको समयमा परीक्षा नहुँदा आफूहरुमा नैराश्यता उत्पन्न भएको भन्दै विद्यार्थीहरु २१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा निर्धारित मितिमा गर्न र अन्य विद्यार्थीको पढाइमा खेलवाड नगर्न गुरुहरुलाई आग्रह गरिरहेका छन् ।

सरकारले बुधवार शिक्षक महासंघसँग गरेको सहमति मान्य नभएको भन्दै विद्यालय कर्मचारीहरुले विमति जनाइसकेका छन् । कर्मचारीहरुको विमति कसरी प्रकट हुने हो र त्यसको सम्बोधन कसरी हुन्छ भन्नेमा सरोकारवालाहरु चिन्तित छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।