काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दुई नेताबीच भेटवार्ता भएको हो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाइएको भए पनि उहाँ सहभागी हुनु भएन ।
भेटमा सहभागी गृहमन्त्री रमेश लेखकले समसामयिक राजनीति, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको बताउनुभयो ।